के हो त डिजिटल मार्केटिंग ?

अन्तरजालमा भएका कयौ लेखहरुले तपाइलाई स्पस्ट बनाउन सक्छन किन डिजिटल मार्केटिंग अब भबिस्य हो भनेर ! तर यस लेखमा नेपालमा रहेका व्यवसायहरुले आफ्नो बर्चस्व कायम गर्नको लागि कसरि महत्वपूर्ण हुनेछ भनेर लेख्ने छु |

हाम्रो वर पर रहेको सबै कुरा अब डिजिटल भै नै सकेको छ | साथै सम्पूर्ण प्रस्नको उत्तर गूगल भएको छ | सामाजिक संजालले तपाइको जिवानसैलीको पर्दा जस्तो र यु-टुबले तपाईको टेलिविजनको स्थान लियको छ |

बिस्व भिआर, हाइपरलुप, गूगल ग्लास अनि मंगल ग्रहमा पाइला टेक्ने तर्फ बढ्दै गर्दा आगामी ५ वर्षमा इन्टरनेटको अन्तरजालमा आफ्नो दरिलो उपस्तिथी नदेखाउने कुनै पनि व्यवसायले सफलता पाउनु लगभग अशम्भब जस्तै नै हो | तेसैले अब डिजिटल मार्केटिंगको प्लाटफर्मको बारेमा एक सन्क्षिप्त ज्ञानबोध गरौ र यस्ले तपाईको व्यवसाय कसरी बृद्धि गर्न सक्छ जानौ |

के हो डिजिटल मार्केटिंग ?

न्यून अभिग्यताको कारणले डिजिटल मार्केटिंगलाई नेपालमा भने मुख्यत फेसबुक बाट गरिने बिज्ञापनलाई मात्र सोचिने गरिन्छ तर डिजिटल मार्केटिंग एकदमै ठुलो मंच हो जहाँ एक ठोस कार्यनीति र उपाय , माध्यम पहिचान , लगानीको प्रतिफल आँकलन अनि कयौ प्रयास र गल्तिबाट सहि र उपयुक्त प्रतिफल प्राप्त गर्न सकिन्छ |  अब हेरौ नेपालमा ठुलो भूमिका निर्बाह गर्ने डिजिटल मार्केटिंगका विभिन्न माध्यमहरु

  1. सामाजिक संजाल – फेसबुक, इन्स्टाग्राम, लिंकड इन, पिनट्रेस्ट

सामाजिक संजालले नेपाल मा उल्लेख्य नतिजाहरु प्रस्तुत गरिनैसकेको छ र धेरै कम्पनीहरुले धेरै भन्दा धेरै आम्दानी गरिसकेको छन् |

जस्तै: ई-कमर्स कम्पनीहरु न्यु-मिउ अनि साझा-डिलहरुले सामाजिक संजालबाट नै आफ्नो उपस्थिति सम्बृद्ध तथा आफ्नै दुकान र बिक्रिकेन्द्रहरु पोखरा र काठमाडौँ मा विस्तार गरि नै सकेको छन् |

शिक्ष्या परामर्स संस्थाहरुले पत्र-पत्रिकाहरुबाट गरिने बिज्ञापनलाई चटक्कै छाडेर फेसबुक र इन्स्तटाग्राममा प्रवेश गरि भरपर्दो तथ्य तथा विद्याथीहरुको सम्पर्कमा सजिलै आउन सफल भएका छन् | सम्भवत विद्यार्थी नाम , सम्पर्क नम्बर , इमेलहरुले उनिहरुलाई ठुलो टेवा पुर्याएको छ |

यी व्यापार तथा ब्यवासाहीहरु पूर्णत सामाजिक संजालमा नै निर्भर भएरै आफ्नो व्यवसाय सरल तथा उचित नाफा सहित बढ्दै छन् | एदी तपाई नया हुनुन्छ सामाजिक संजाल बाट मार्केटिंग गर्न भने पनि तपाईले थोरै समयमै यो माध्याम लै आफ्नो कमाइ खाने थलो बनाउन सक्ष्यम हुनु हुनेछ |

  1. सर्च इन्जिन अप्टिमाइजेसन ( यस ई यो)

यदी वेबसाइट खोल्नु एक पसल खोले जस्तै हो र तपाईले एउटा घना जंगलको बिचमा खोल्नु भएको जस्तै हो भन्ने कुरा तपाईले बुज्नु पर्ने हुन्छ | जब सबै कुराको उत्तर गूगल हुदै छ यो क्रममा तपाईको ग्राहकले खोज्नु हुने छ जस्तै: नेपालमा उत्कृस्ट डिजिटल मार्केटिंग संस्था, तब हजुरले बुज्नु पर्ने मुख्य कुरा चै तपाई सर्च इन्जिन अप्टिमाइजेसनसंग अबगत हुनु पर्ने हुन्छ जसरि यहाँ देखाईएको छ |

यस ई यो (SEO) ले तपाइको लागि तपाइको ग्राहकले खोजेको बेला गूगलको प्रथम स्थानमा तपाइको वेबसाइटलाई प्रस्तुत गर्दिन्छ ठ्याक्कै जसरि तपाईले गूगल खोजि पश्चात प्रथम नतिजामा क्लिक गर्नु हुन्छ | र यस्ले तपाईको वेबसाइटमा अर्गानिक दर्शक हरुलाई आकर्सित गर्दछ |

         अझ तथ्यमा ध्यान दिने हो भने नेपालमा तपाइलाई कुनै पनि खोजिमा प्रथम स्थानमा आफ्नो उपस्थिति बनाउन कति सजिलो छ , अचम्मै छ किनभने यहाँ तेती ब्यबसाहीहरुले डिजिटल मार्केटिंगलाई न्युन आँकलन गरिरहेका छन् | सर्च इन्जिन अप्टिमाइजेसन (SEO: यस ई यो) पूर्णत आशयमा निर्भर गर्ने भएकाले कोहि ग्राहकले खोजि नै रहेको छ भने उ त्यो सामग्री तथा सेवा लिन उत्सुक हुन्छन |

यो कुराले बिक्रि दरलाई अति नै बृद्दी गर्दिन्छ र गूगलको उत्तर पृष्ठमा प्रथम नतिजा तपाइको हुदै गर्दा तपाइको ब्यबसायमा एउटा स्थिर बढ्दो दरमा, त्यो पनि न्यून भन्दा न्युन खर्च र परिश्रममै तपाई समक्ष ग्राहक प्रस्तुत गर्दिने क्षमता राख्दछ |

यस इ यो ले प्रतिफल दिन केहि ३ महिना जस्तो लगाउछ र एक पटक सम्पन्न भएपछी तपाइको मार्केटिंग बिभाग २ महिने छुट्टीमा जादा पनि हुन्छ |

  1. सर्च इन्जिन मार्केटिंग ( एस ई यम )

गूगलले आफ्नो राज्वस्वको ७०% हिस्सा सर्च इन्जिन मार्केटिंगबाट जनन गर्दछ | किन विश्वभरका ब्यवासायीहरु सर्च इन्जिन मार्केटिंगको प्रयोग गर्दै छन् त ? किनभने यो एकदमै प्रभाबकारी एवम अधिक लगानीको प्रतिफल दिन सक्ने तरिका हो र यो तरिका व्यापकरुपमा ग्राहक रुपान्तरणको लागि प्रयोग हुन्छ |

गूगलको उत्तर पृष्ठमा अर्गानिक नतिजा भन्दापनि अझै अगाडी प्रस्तुत गर्ने यो एउटा मार्केटिंग प्रणाली हो | एउटा गोप्यकुरा भन्ने हो भने नेपालमा एकदमै कमै ज्ञाता रहेकाले तपाईको इन्टरनेटमा रहेको वेबसाइटबाट  बिर्कीकेन्द्रमा पठाउने हो भने हरेक सम्भावित ग्राहक ५ रुपैया देखि माथिमा आउछन |  

किनकि यहाँ खोजि गर्ने व्यक्तिको एउटा आशय र उत्सुकता सहितको खोज हुनाले, यदि १० मध्य कोहि १ ले पनि खरिद गर्दा तपाइको खर्च मात्र रु ५० प्रति ग्राहक हुन जान्छ |

यदि तपाई यस ई यममा (SEM) लगानी गर्न चाहानुहुन्छ भने यो नै सहि समय हो | साथै गूगलले बोलि लगाउन सुबिधा पनि दिएको छ, अबको बर्षमा तपाईको  प्रतिस्पर्धी व्यवसायले पनि (SEM) यस ई यममा बिज्ञापन गर्दै हुनुहुनेछ र एक ग्राहक प्राप्त गर्न तपाईको लगानी रु १००० सम्म पनि जानेछ |

  1. युटुब

सर्बप्रथम त भिडियो भनेको  भविष्य हो | लेख्य सामग्रीहरु प्रति आकर्षण घट्दो क्रममा हुदै गर्दा प्रबिधिले हामीलाई छोटो सामग्री भनौ दृश्यतर्फ आकर्षित गर्दै छ |

दृश्य सामग्री नै त्यो माध्यम हो जसबाट तपाईले पूर्णत आफुलाई प्रतिबिम्बित गर्न सक्नु हुन्छ | युटुब एउटा सस्तो र प्रभावकारी प्लाटफर्म हो जहाँ ब्रान्डइंग भिडियोको प्रयोगले तपाइको व्यवसायको ब्रान्ड भनौ ट्रेडमार्क स्थापना गर्न सरल तथा विश्वब्यापी हुन्छ | साथै युटुबमा बिज्ञापन गर्न नेपालमा सस्तो छ किन भने यहाँ लगाइने  बोलि र प्रतिष्पर्धा न्युन छ |

  1. इन्फ्लुयनसर मार्केटिंग ( प्रभाबकारी व्यक्ति द्वारा मार्केटिंग )

प्रभाबकारी व्यक्तिलाई अंगीकारण गरेर अतितमा ब्यब्यसायहरुले ठुलो लगानीमा सुपरस्टारहरुको प्रयोग गरिनै रहेको छन् | विश्वभर डिजिटल इन्फ्लुयनसरहरुले प्रोडक्टहरुलाई प्रोत्साहन गर्न शुल्क लिएको पाईन्छ | तर नेपालमा भने प्रभाबकारी व्यक्तिहरुले आफुलाई पछ्याउनेहरु माझ उनीहरुको प्रभाब कति छ र उनीहरुमाथि गरिने लगानीको प्रतिफल ज्यादा रहने आफ्नो क्षमता नबुजी कौडीको भाउमा सेवा दिई रहेका छन् |

सामाजिक संजाल र युटुबमा छबि बनाएका व्यक्तिहरुले ट्रेडमार्क मुल्यलाई छेडेर धेरै भन्दा धेरै प्रतिफल दिन सक्दछन , यदी सहि तरिका र माध्यमको प्रयोग गरिन्छ |

उदाहरण हेर्ने हो भने फेसबुकमा रहेको मिम नेपाल जस्को १० लाख प्रसंसक जो एकदमै अन्तर्क्रिया गर्दछन , कुनै पनि उत्पादनलाई बजारीकरण गर्न एउटा राम्रो स्थान हुन सक्दछ |

  1. इमेल मार्केटिंग

सम्बन्धित उत्पादन र सेवाहरुको लागि इमेल मार्केटिंगको सबै डिजिटल मार्केटिंग पद्धतीहरु भन्दा अधिक लगानीको प्रतिफल दिने प्रणाली मनिन्छ | इमेल मार्केटिंगले सम्भवत ग्राहकको पहिचान तथा ग्राहक समुदायलाई सधै कायम राख्न सहयोग गर्दछ | तपाईले दिने नयाँ सुबिधा, तपाइको प्रस्ताव , अध्यावदिक भएको समाचार, व्यक्तिगत धन्यवाद पत्र अनि अझै धेरैको लागि यो सबैभन्दा उपर्युक्त माध्याम हो |

किन गर्ने त डिजिटल मार्केटिंग ?

“ यदी तपाईको व्यवसाय तथा बिक्रिकेन्द्र इन्टरनेटमा छैन भने तपाईको व्यवसाय छिट्टै नै व्यापार रहित हुने छ |”

–बिल गेट्स
  1. तथ्य संकलन तथा विश्लेषण

सबैले बुझेकै कुरा हो कि , तथ्य तथा आँकडाहरु भनेको द्रब्य हो र कम्पनिहरुको भेला र

सहकार्यहरु तथ्यहरुमा निहित ग्राहकहरुको आशय र व्यवहार अद्ध्ययन गरि आर्जन गर्न लागिपरेका छन् |

एउटा पत्रिका भलै हरेक दिन लाखौ स्थानमा घुमीनै राखेको हुन्छ तर तपाईलाई कति पाठकहरुले तपाईको बिज्ञापनमा ध्यान दिनु भो, उहाहरुको सुझाब के छ  र अन्तरक्रिया के  गर्नु भएको छ थाहा हुदैन | तपाईको जति नै लाख होस् या करोडौको लगानीले कैले पनि तपाईलाई त्यो बिज्ञापनको प्रतिफलको सहि नातिजा र प्रतिवेदन दिन सक्दैन | यहि कुरालाई नै डिजिटल मार्केटिंगले तपाई सामु सुन्दरताको साथ सम्पूर्ण प्रतिबेदन प्रस्तुत गर्दिन्छ | तपाईले गरको एक देखि करोडौ रुपैयाँको हरेक लगानीको सुक्ष्म थोपा थोपाको तथ्य बताईदिन्छ |

यदी तपाई २ लाख रुपैया फेसबुकमा लगानी गर्नु हुन्छ भने तपाइको बिज्ञापन तपाईले २० लाख मानिसहरु समक्ष पुर्याउन सक्नु हुन्छ र त्यो पनि उमेर , लिंग, स्थान, र बृस्तित लक्ष्य जस्तै उनीहरुको व्यवहार ( फूटबल प्रेमी , रेस्टुरेन्ट जाने, घुम्न सोखिन) जस्ता थुप्रै कुरा लक्षित गरेर |

तथ्य विश्लेषण प्रणालीहरुले तपाईलाई तपाइको गल्ति पहिचान गर्न र  प्रारम्भिक रुपमा नै तपाईको दिशा तथा प्रदर्शन बारे जानकार भएपछि विभिन्न अंकहरु परिबर्तन गर्न सहयोग हुन्छ |

साथै, तपाईं वास्तवमा आफ्नो ग्राहकको तथ्य एकत्र गर्न सक्नुहुन्छ, आफ्नो लक्षित समूह अनुसार डेटा वर्गीकृत गर्न र तिनीहरूको व्यवहार अध्ययन गर्न सक्नुहुन्छ।

  1. संचार र ब्रान्डिङ निर्बाध बनाउन

इन्टरनेट मार्केटिंग मार्फत, तपाईं आफ्नो ग्राहकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुनेछ। आफ्नो बेडरूममा बस्दै, तपाईं विभिन्न सन्देश प्लेटफर्म मार्फत शर्ट बेच्न सक्षम हुन सक्नुहुनेछ। साथै, तपाईं लगातार आफ्नो ग्राहकहरुसंग इमेल, सामाजिक संजाल पोष्ट, यूट्यूब भिडियो, र आफ्नो वेबसाइट मार्फत अन्तरक्रिया गर्दै हुनुहुन्छ। यसले तपाईंको ग्राहकसँग कुराकानी गर्न सहज र सजिलो तरिका प्रदान गरेको छ।

ब्रान्डिङ, यो कहिले पनि सजिलो भएको छैन। ब्रान्डिङ सधैं महंगी उद्यमको रूपमा चिनिएको छ , केवल धनि कम्पनीहरूको लागि उपलब्ध छ जुन भारि मात्रामा  पैसा लगानी गर्न  सक्दछ। तर, राम्रा सामग्री र रचनात्मक अभियानहरूको साथ, तपाईं आफ्नो ग्राहकहरुलाई तपाईंसँग आकर्षित गर्न सक्नुहुन्छ। यसले तपाईंलाई समर्थक अधिबक्ताको  आधार प्रदान गर्नेछ जसले लगातार ग्राहकहरू ल्याउनेछ र तपाईलाई आफ्नो सोफेमा बस्न र आराम गर्न  समय हुदैन |

याद राख्नुहोस्, यो (inbound marketing) पुल मार्केटिंग (उत्पादनको माग उत्पन्न गर्ने मार्केटिंग तरिका) र ब्रान्डिङको बिरासत भएको समय हो जसले तपाइँको कम्पनीले उचाईमा लग्न सक्छ ,जहाँ तपाईं कुनै पनि सेवा वा उत्पादन बेच्न सक्नुहुन्छ| जहाँ तपाइको ब्रान्डको नाम मात्र नै काफी हुने छ |

  1. लक्षित-लक्षित श्रोतालाई मात्र तपाईंको सन्देश दिन

मार्केटिङ बजेट खर्च गर्नको लागि मात्र लक्षित दर्शकहरू पाउनुभन्दा कुनै बिक्रिकर्ताको के ठुलो सपना होला र ?  अनलाइन मार्केटिङले सम्भावित बजारका मानिसहरूको लक्षित समूहमा पुग्न सम्भव बनाइरहेको छ जसले वास्तवमा नै  तपाइँको उत्पादन वा सेवामा रुचि राख्दछन् ।

व्यवसायमा फरक उत्पादनहरू फरक ग्राहकको लागि हुन सक्दछ । एक प्रशिक्षण संस्थान हुन सक्छ जहाँ आईटी सुरक्षा प्रशिक्षण र बारिस्टा प्रशिक्षणको लागि कक्षाहरू छन् र  यी दुई सेवाहरूमा पूर्ण रूपमा दर्शकहरूको दुइ फरक उप समूह  छ। डिजिटल मार्केटिंग प्रयोग गर्दै, तपाईं प्रत्येक दर्शक अनुसार विभिन्न दर्शक समूहहरू सिर्जना गर्न सक्नुहुन्छ र हरेकको  मार्केटिंग रणनीति फरक हुन सक्छ। आईटी सुरक्षा प्रशिक्षणको लागी, तपाइँ टेक्निकल रुचि भएका व्यक्तिहरु आधारित मार्केटिंग अभियान चाहानुहुन्छ। बारिस्टा प्रशिक्षणको लागि, तपाईंलाई फरक ग्राहकको रुचिलाई आधार मानिएको समायोजित एक अलग रणनीति सिर्जना गर्न आवश्यक पर्दछ।

मानौ कि तपाईं चाबहिलमा नयाँ फास्ट फूड रेस्टुरेन्ट खोल्दै हुनुहुन्छ भने केवल युवा, उमेर समूह १६-२८ र तपाईको रेस्टुरेन्टको 5 किलोमिटर भित्र ग्राहकहरु लाई विज्ञप्ति दिनुहोस् । यो केवल समुन्द्रको एक थोपा बयान हो र इन्टरनेट मार्केटिंगले यो सुनिश्चित गर्नेछ कि  तपाईं केवल आफ्नो लक्षित दर्शकहरुमा मात्र खर्च गर्नुहुन्छ।

  1. नेपाल – व्यबसायीहरुलाई आफ्नो डिजिटल मार्केटिंगको प्रयोग क्षेत्र

भारतको डिजिटल मार्केटिङ उद्योगमा काम गरिसकेपछि, म पहिलोपटक नेपाल आए , मैले नेपाली व्यवसायहरूले किन यती  थोरै इन्टरनेट मार्केटिंग प्रयोग गरिरहेको छन् भन्ने कुरामा अचम्म लाग्यो। डिजिटल मार्केटिंग एजेन्सी एक अज्ञात सेवा क्षेत्र थियो।

एन.टी.एको तथ्याङ्क अनुसार, “अक्टोबर २०१७  सम्म, एक करोड छैसठ्ठी लाख नेपाली इन्टरनेटमा जडान भएको छन् र १५.६०प्रतिशत बृद्धि वर्ष-वर्षमा | यो तथ्य मान्ने हो भने  नेपालकै लगभग 63 प्रतिशत जनसंख्या इन्टरनेटमा जडित छ। “

अब “अर्को 5 वर्षको आकलन”, जो महत्त्वपूर्ण छ किन कि यो साक्षात्कारको लागि धेरै चासो गरिएको प्रश्न हो , डिजिटल संसार अति नै बढिरहेको छ । प्रत्येक ठुलो सरकारी एजेन्सी, निजी कम्पनीहरू, गैर सरकारी संस्थाहरुले नेपालमा इन्टरनेट पुर्याउन र जागरूकता बढाउन प्रतिष्पर्धा गरिरहेका छन् |

यो परिदृश्य संग र इन्टरनेट प्रयोगकर्ताहरु को लगातार वृद्धि संगै, मार्केटिंग गर्ने माध्यम डिजिटल तिर बढ्दै छ तर यो सबै भइ रहदा पनि यहाँ कम व्यवसायहरुमात्र छन् जस्ले यो कुरा पहिचान गर्न सकेको छन् । यसले हरेक डिजिटल च्यानलमा न्युन र खुला प्रतिस्पर्धा राखेको छ।

पुनश्च, तपाइँ डिजिटल मार्केटिंगको खुल्ला स्थानमा आफुलाई खडा गर्न डिजिटल स्पेस प्रयोग गर्नुहुनेछ भने अर्को केही वर्षमा, तपाईं आफ्नो उद्योगको बजार नेता हुनुहुनेछ , र अन्य व्यवसायहरू तपाईंलाई समात्न खोज्ने छन् |

  1. परम्परागत बिरुद्ध डिजिटल मार्केटिंग

अहिले फेसबुक ६० वर्षीयाहरुले पनि प्रयोग गरिरहेको छन् | हाम्रो बुवाहरु समाचारपत्रहरूको सट्टा अनलाइन समाचार च्यानलहरू मार्फत, आमा टि.भी  धारावाहिकहरूको सट्टा फेसबुकमा हुनुन्छ र बच्चाहरू बाहिर जानुको सट्टा इलेक्ट्रोनिक्स माध्यममा खेल खेलिरहेका छन् । मैले सयौं त्यस्ता उदाहरणहरू दिन सक्दछु । म् सोच्दिन कि तपाईं को धेरै रेडियोहरुमा विज्ञापन हुनेछ किनकी भने देशको अधिकांश हिस्साहरुमा लगभग अप्रचलित भैसकेको छ।

अब, आउनुहोस् केही तत्थ्यहरु हेरौ:

“डिजिटल मार्केटिंगमा गरिने खर्चमा प्रतिशत परिवर्तन यस साल १४.६% रह्यो र  गत वर्ष १३.२% को तुलनामा पारम्परिक विज्ञापन खर्च पनि पाँच वर्षमा पहिलो पटक बढ्ने आशा गरिएको छ | पारम्परिक विज्ञापन खर्च ०.६% बढेको छ, गत वर्ष भने -३.२% भन्दा बढी थियो। “

त्यसैले, अनलाइन मार्केटिङ यहाँ रहन्छ र बढ्दै जाने छ,  जबकि नियमित मार्केटिङ पद्धतिहरु लोकप्रियताको हिसाबले डुबिरहेका छन्। एक साधारण उदाहरण कान्तिपुर समाचार पत्रको बिज्ञापन पतन हुन सक्छ जबकि अनलाइन खबर, रातोपाटि, ई-कान्तिपुर , र अन्य अनलाइन समाचार माध्यमहरुमा विज्ञापनमा भारी वृद्धि हुदैछ |

म भौतिक मार्केटिङ र परम्परागत माध्यामहरु पूर्ण रूपमा उपेक्षा गर्न भने भन्दिन किनकि तिनीहरू अझै साधारण जनसंख्याको बीचमा विश्वासको बयान हुन्। अनलाइन मार्केटिंगको  धेरै फाइदाहरू छन् जसले पारम्परिक मार्केटिंग विधिहरूलाई मात दिनेछ | वास्तविक र अधिक लगानीको प्रतिफल दिन सक्षम यो डिजिटल मार्केटिंगको पद्दति सर्वोच्च हुने मान्य छ ।

म एती दृण छु कि तपाईहरुले युटुबले टेलीभिजनको, गूगलले तपाईको पहिलाको भरपर्दो सूत्रहरुको, सामाजिक संजालले चर्चा गर्ने स्थानहरुलाई अधिग्रहण गर्दै छन् भनेर मैले वक्तव्य दिदा समर्थन नै गर्नुहुने छ | परम्परागत मार्केटिंग माध्यम रहनेछ तर कति लामो समयसम्म चै भन्न सकिँदैन।

मैले यो कुरा यो दावा साथ भन्नुमा ठूलो रहस्य केवल एका-दुइ नेपाली कम्पनीहरू एस.इ.यम. (SEM) , युटुब , फेसबूक, र एस.ई.ओ (SEO) मा काम गरिरहेका छन्। त्यसैले, नेपालको डिजिटल मार्केटिङ स्पेसमा विपक्षी खेलाडीहरू रहित व्यापक खुल्ला गोलपोस्ट छ। नेपालमा कुनैपनि डिजिटल मार्केटिंग एजेन्सीले एक इच्छामा नै स्कोर गर्ने निर्धारित छ ।

डिजिटल मार्केटिंगको माध्यमले व्यवसायमा शसक्तिकरण

डिजिटल मार्केटिंग साना व्यवसायहरुको लागि एकदम लाभदायी  छ, जुन उद्योगले ठूलो करप्रेटसंग प्रतिस्पर्धा गर्ने कोशिश गर्दै छन्। एक सानो व्यवसाय एक लोकप्रिय समाचार च्यानलमा दूरदर्शन विज्ञापन राख्न सक्षम नहुन सक्छ तर निश्चित रूपमा युटुबमा बिज्ञापन  राख्न सक्दछ। साथै, सानो बजेटमा नै साना व्यवसायहरूले यस.ई.यो(SEO) , सामाजिक संजालमा  मार्केटिङ, र अन्य डिजिटल पद्दतिहरू सजिलैसँग आफ्नो व्यवसायलाई बढाउनको लागि सिक्न सक्छन्। नेपालमा डिजिटल मार्केटिंग संस्थासँग संयोजनले  व्यापार र  तिनीहरूको विकासलाई घातअंकिय वृद्धि गर्न सहयोग हुन्छ ।

मेरा ग्राहक साथै मित्रको  ई-कमर्स कम्पनी साझा डिल छ । उनिहरूले फेसबुकबाट कपडा बेचेर सुरु गरे। उनिहरूले सँधै गुणस्तरका उत्पादनहरू र राम्रो ग्राहक सेवा पनि वितरण गरि रहेका छन्। एक वर्ष को छोटो समयमानै उनिहरु अनलाइन किनमेल समुदायमा एक सफल नाम बनाएका छन् र पहिले देखि नै लोकप्रिय ग्राहकको मागको कारण पार्क प्लाजा, न्यू रोड मा एक बिक्रिकेन्द्र खोलेका छन् | साथै, उनिहरू आफ्नो वेबसाइट सुधार गर्ने काम गर्दै छन् र हामी तिनीहरूलाई साँच्चिकै अर्गानिक खोजहरु मार्फत वृद्धि गर्नेछौ |

त्यसोभए, उनिहरूसँग समान स्टक बेच्नका लागि ३ स्थानहरू छन्

१.      सामाजिक संजाल (फेसबुक र इन्स्टाग्राम)
२.      वेबसाइट
३.      बिक्रिकेन्द्र  (न्यु रोडमा)

अब, यी तीन फरक स्थानहरूमा प्रस्तावहरू, मार्केटिंग अभियानहरू, छूट कोडहरू र अन्य धेरै तरिकाहरुले एकअर्कासँग अन्तरक्रिया गर्न सकिन्छ।

हामीसँग धेरै ग्राहकहरू छन् जसले डिजिटल मार्केटिंगको माध्यमबाट आफ्नो व्यवसाय बढाउदै छन् | प्रशिक्षण संस्थानहरू, महा-विद्यालयहरू, रेस्टुरेन्टहरू र ई-कमर्स वेबसाइटहरू केहि व्यवसायहरू हुन् जसले डिजिटल मार्केटिङको प्रयोग गरेर आफ्नो व्यापारमा चमत्कार प्राप्त गर्न सक्छन्।

डिजिटल मार्केटिंगको भविष्य

डिजिटल मार्केटिंग मार्केटिंगको भविष्य हो। विश्वको भी.आर सेट , ड्रोन, गुगल चश्मा, स्मार्ट घडीहरू र ए.आइ को बारेमा कुरा गर्दा, त्यहाँ डिजिटल च्यानलहरू छन् जुन हामीले पहिले कहिल्यै प्रयोग गरेको छैनौ । साथै, विश्व डिजिटल हुदै गर्दा पारम्परिक मार्केटिंग भने गिरावटमा रहनेछ।

नेपालको सन्दर्भमा, हाम्रो सरकार गम्भीर रूपमा डिजिटाइज र स्मार्ट शहरहरूको लागि बढिरहेको छ । साथै, टुटल, फूडमांडू , हनीगाइड एपहरू जस्ता निजी कम्पनिहरूले उद्योगमा क्रान्ति गर्दै छन् र पारम्परिक रुपमा संचालित च्यानलहरूमा डिजिटल स्पर्श ल्याउँदछन्।

आगामी बर्षहरूमा, डिजिटल अन्तरिक्ष्को भविष्यवाणी गर्ने हो भने , वेबसाईटहरू ठूलो हुदै जानेछन् । अहिले, नेपालमा डिजिटल मार्केटिंगको बारेमा जागरूकता मात्र सामाजिक संजालमा सीमित छ। तर, यो वेबसाइटहरुको पहिचान तर्फ स्थानांतरित हुदैछ। यसले गूगलको नतिजा  पृष्ठमा प्रारम्भिकरुपमा प्रथम पृष्ठमा स्थान ग्रहण गर्ने संस्थाहरुलाई  धेरै अवसर ल्याउनेछ र वेबसाइटमा ब्रान्ड स्पेस सिर्जना गर्नेछ ।

लेख्य दृश्य सामग्रीहरुबाट गरिने भनौ कन्टेन्ट मार्केटिंग ठूलो हुनेछ किनकि ग्राहकले रंगिन विज्ञापनहरूसँग कुराकानी गर्नेगर्दछन् र त्यहाँ कम्पनीहरूले ग्राहकहरूलाई बताउँछन् किन तिनीहरू धेरै आकर्षक र उपर्युक्त छन्। अबको आगामी दिनमा मार्केटिङ माध्यम (आउटबाउन्ड) भन्दा बढी पुल (इनबाउण्ड) मार्केटिङ हुनेछ। साथै, भिडीयोको बारेमा बिर्सने  नगर्नुहोस्। भिडियोहरू सबैभन्दा उपर्युक्त सामग्री हुनेछ जसले तपाईंको व्यवसायको विकासलाई बढाउनेछ । यदि तपाईंले भिडियोहरूको प्रयोग  सुरू गर्नुभएको छैन भने, तपाईंले यो लेख पढीसकेसी तपाइँ आफ्नो भिडियो मार्केटिङको रणनीति सुरु गर्नैपर्छ।

डिजिटल मार्केटिङ भविष्यको नेपालमा व्यवसाय र उनीहरूको ग्राहक दुवैको लागि उज्ज्वल छ। व्यवसायहरूमा उच्च लगानीको प्रतिफल र उनीहरूको अभियानको सफलताको पद चिन्ह पहिचान गर्ने क्षमता हुनेछ । ग्राहकहरूलाई केवल सान्दर्भिक विज्ञापनहरू देखाइनेछ र महत्त्व प्रदान गर्ने व्यवसायहरूसँग अन्तरक्रिया गर्ने मौका पाउनेछन् ।

निष्कर्ष:

तपाईं उद्यमशीलताको दुनियामा हुनुहुन्छ भने अर्को ५ वर्षमा लिइने कम्पनीको दिशाको बारेमा सोच्नु आवश्यक छ. इन्टरनेटको साथ डिजिटल मार्केटिंग नि बढ्दै जान्छ, यदि तपाईं डिजिटल हुनुहुन्न भने, तपाई अप्रचलित र अलोकप्रिय हुनुहुनेछ।

त्यसैले, यदि तपाईले आजसम्म तपाईको डिजिटल मार्केटिङ प्रयोग गर्ने रणनीतिमा काम गरिरहनु भएको छैन, तपाईले आफ्नो टोलीलाई अहिले नै सम्पर्क गर्नुहोस् र एक रणनीति सिर्जना गर्न भोलि पहिलो घण्टामै सभा बस्ने तयारी गर्नुहोस् । नेपालको परिदृश्यमा, यदि तपाई अहिले डिजिटल माध्यमहरू प्रयोग गर्नुहुन्छ भने तपाईले निश्चित रूपमा आगामी ५ वर्षमा आफ्नो उद्योगले प्रभुत्व जमाउनु हुनेछ | त्यसोभए अहिले नै किन सुरु नगर्ने त ??

हामीलाई थाहा दिनुहोस् कि तपाईलाई के लाग्दछ “डिजिटल मार्केटिङमा ठूलो क्षमता छ वा छैन ?”  साथै, यदि तपाइँसँग डिजिटल मार्केट वा नेपालमा रहेको हाम्रो डिजिटल मार्केटिङ एजेन्सीको बारेमा कुनै प्रश्नहरू छन् भने कृपया तल टिप्पणी छोड्नुहोस् र हामी तिनीहरूलाई निश्चित रूपमा जवाफ दिनेछौं।